बेहुलीले बिहे गर्दिन भनेपछि बेहुला बेहोस !

काठमाडौं । विवाह गर्ने सपना धेरैको हुने गर्छ । त्यसैले प्रत्येक महिलाहरु आफ्नो पति राम्रो होस् भन्ने चाहान्छन् । यदि हुनेवाला पतिको उमेर आफ्नो भन्दा अत्याधिक धेरै भयो भने कसलाई विवाह गर्न मन लाग्छ र ? त्यसैले भारतको बिहारमा पनि एक महिलाले हुनेवाला पतिको उमेर धेरै भएको भन्दै विवाह गरिनन् ।

उनीहरुको विवाह हुन लागेको दिन जब दुलहा जन्ती लिएर मन्डपमा आए तब दुलहीको होस उड्यो । हुनेवाला पति आफू भन्दा धेरै उमेरको भएको कारणले उनले त्यतिबेलै विवाह गर्न इन्कार गरिदिइन् ।

जब जन्ती लिएर् आएका दुलहाले यो बारेमा थाहा पाए तब उनी त्इहिँ बेहोस हुन पुगे । भारतको बिहारस्थित मनिकापुर गाउँमा उक्त विवाह हुन लागेको थियो ।

परिवारले युवतीलाई मनाउँन धेरै कोशिस गरे पनि सफल भएनन् । भारतीय सञ्चारमाध्यामका अनुसार मनिकापुर गाउँका शब्बीर नाम गरेका व्यक्तिकी छोरी रोशनीको विवाह हुँदै थियो ।

उनको विवाह लखनउका मोहम्मद आफताबसँग हुन लागेको थियो । आगन्तुकहरुको स्वागत भईरहेका बेला बेहुलालाई धेरै खोकी लाग्यो र उनी त्यहि लड्न पुगे ।

यो खबर जब रोशनीले थाहा पाइन्,तब उनी हुनेवाला पति हेर्न गइन् । उनलाई देख्नासाथ रोशनीले आफ्नो हुनेवाला पति बुढो भएको देखेपछि तत्काल विवाह नगर्ने फैसला सुनाएकी थिइन् । भोलिपल्ट विहान दुलही बिना नै मोहम्मद घर फर्किए ।

युवतीको बहादुरी देखेर मानिसहरु उनको तारिफ गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?