१० वर्षका बालकले १३ वर्षकी बालिकालाई बनाए गर्भवती

काठमाडौं । अधिकांस युवा वर्गहरु विवाह भन्दा पहिले नै प्रेममा परिसकेका हुन्छन् । केहि महिलाहरु रिलेशनमा बस्दाबस्दै विवाह भन्दा अगाडि नै गर्भवती बनेका हुन्छन् । तर एक १० वर्षीय बच्चाले १३ वर्षकी एक बालिकालाई गर्भवती बनाएका छन् ।

यो खुलासा स्वयं बच्चाले गरेका छन् । यो घटना रसियाको जेलेस्नोग्रोस्की जिल्लाको हो । एक टिभी सोमा इवान नामक ति बच्चाले रिलेशनसिपको बारेमा कुराकानी गर्नका लागि भाग लिएका थिए ।

इवानले त्यहि बेला नै आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका थिए । इवानले टिभी कार्यक्रममा उनकी गर्लफ्रेन्डको नाम डरिया बताएका छन् ।

इवान र डरियाको एक वर्ष अगाडि भेट भएको थियो । इवानलाई देख्नासाथ डरियाले मन पराएकी थिइन् । डरियाले हुनेवाला बच्चाको पिता इवान नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुसँग बताएकी छिन् ।

तर इवानको परिक्षण गरेका डाक्टर इवगिनी ग्रेकोवले सानो उमेर भएको कारण बच्चा पैदा गर्न सक्ने सामर्थ्य नभएको बताएका छन् । तर डरियाले उनको अर्काे कोहि पार्टनर नभएको र इवान बाहेक अन्य सँग-सँगै पनि नबसेको बताएकी छिन् ।

एक साइक्लोजिस्टले भने अनुसन्धान पछि डरियाको समर्थन गरेका छन् । डरिया र इवान दुबैले आफ्नो परिवारसँग टिभी कार्यक्रममा बोल्नको लागि प्रमिशन लिएका थिए ।

प्यारेन्ट्सले पनि उनीहरुलाई मेडिकल चेक गर्नको लागि अनुमति दिएका थिए । इवानकी आमाले आफ्नो छोरो पिता बन्न लागेको स्वीकारेकी छिन् ।

इवान र डरियाले आफ्नो फेसबुक अकाउण्टमा हाम्रो विवाह भयो भनेर पोस्ट गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?