४ गोली लागेर घायल भएकी महिला आमालाई लिएर पुगिन् २८ किमि टाढाको अस्पताल

काठमाडौं । टाउकोमा ४ वटा गोली लागेर घायल भएकी एक महिला आफ्नी आमालाई लिएर २८ किलोमिटर टाढाको अस्पतालमा पुगेकी छिन् ।

यो घटना भारतको पञ्जाबमा भएको हो । जमिनको विवादलाई लिएर दुई महिलामाथि गोली प्रहार भएको थियो । भारतको मुक्तसर गाउँमा भएको घटनामा छोरी सुमीत कौर र उनकी आमा सुखजिन्दरमाथि ६ वटा गोली चलाइएको थियो ।

त्यसमध्ये ४ वटा गोली छोरी सुमीतको टाउकोमा र एउटा चिउँडोमा लागेको थियो । दुई वटा गोली भने उनकी आमाको खुट्टामा लागेको थियो । आफ्नो दुखाईलाई बेवास्ता गर्दै घाइते सुमीत आमालाई उठाएर लिएर २८ किलोमिटर टाढाको अस्पतालसम्म पुगेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीया सुमीत र ६५ वर्षीया सुखजिन्दरलाई लागेको गोली सफलतापूर्वक निकालिएको छ । अहिले उनीहरु दुवै खतरामुक्त रहेका छन् ।

सुमीतले त्यस अवस्थामा पनि आफ्नी आमालाई लिएर अस्पताल आएको देख्दा डाक्टर नै चकित भएका थिए । उनको टाउकोमा तीनवटा र चिउँडोमा एउटा गोली लागेको थियो । यति हुँदा पनि घाइते सुमीत होसमा थिइन् ।

यस मामिलामा प्रहरीले सुमीतको भतिजा कवरप्रीत सिंहविरुद्ध उजुरी दर्ता गरेको छ । उनी घटनापछि फरार रहेका छन् ।

उजुरीमा सुमीतले ४० एकड जमीनमा पिताको मृत्युपछि जमीन आमा, भाई र उनलाई बाँडेको बताइन् । साथै १६ आफूले पाएको बताइन् । तर उनको भाईले भाग खोस्न खोजेको उनको आरोप छ । उनले भनिन्,’उसले छोरा पठाएर हामीलाई मार्न लगायो ।’

आमा सुखजिन्दरले भनिन्, ‘मेरो छोरोले विगतमा पनि ममाथि आक्रमण गरेको थियो । भगवानको कृपाले हामी गोली लागे पनि बाँच्यौं । हामीलाई अब न्याय चाहियो ।’  एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?