८ वर्षीय बालकको विवाह ६२ वर्षीया वृद्धासँग भएपछि…

काठमाडौं । विवाह बन्धनमा बाँधिने जोडीको उमेर ५ वा ३ वर्षको फरक हुँदा राम्रो मान्ने गरिन्छ । तर अफ्रिकामा भने ८ वर्षका बालक सानेलेले शाबानगुले आफ्नो हजुरआमा समानकी ६२ वर्षीया महिलासँग विवाह गरेका छन् ।

ति महिलाका पहिलोका श्रीमानबाट पाँच बच्चा रहेका छन् । ति महिलाका छोराछोरीहरु २८ देखि ३८ वर्षका छन् ।
शाबानगु र मैसिलेलाको विवाह दक्षिण अफ्रिकाको स्नान भन्ने ठाउँमामा भएको हो ।

बालक सानेलेले शाबानगुको हातमा सयौँ व्यक्तिहरुको अगाडी औंठी लगाइदिएका हुन्। सानेलेको अभिभावकले उक्त विवाह उनको हजुरबुबाको अन्तिम इच्छा अनुरुप भएको जवाफ दिएकी छिन् ।

आफ्नो नातीको विवाह गराउने हजुरबाबुको इच्छा भएकोले गर्दा उनीसँग विवाह गरिदिएको बालककी आमाले बताएकी छन् ।

सानलेकी हजुरआमाले नातीको विवाह नगरे घरमा नराम्रो घटना घट्न सक्ने भन्दै परम्परा धान्नको लागि विवाह गरिदिएको जनाइएको छ । अन्धविश्वासका कारण यो विवाह भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?