ला लिगा फुटबल : भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना स्तब्ध भएको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

हारसँगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ । जोर्डी अल्बोको आत्मघाती गोलसंगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

क्विक सेटियन मुख्य प्रशिक्षकमा आएपछि बार्सिलोनाले पहिलो हार ब्यहोरेका छन् । सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ ।

बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?