काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित एक पावर प्लान्टमा बोइलर विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट छत्तीसगढको राजधानी रायपुरबाट करिब २२८ किलोमिटर उत्तरपूर्वमा पर्ने शक्ति जिल्लाको सिन्घितराई गाउँस्थित वेदान्ता पावर प्लान्टमा भएको हो ।
प्रारम्भिक विवरणअनुसार कामदारहरू खाजा खाइरहेको समयमा बोइलर ट्युब विस्फोट भएको थियो । दुर्घटनापछि घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया