आरबीबी एनभीए भलिबलको फाइनल आज, कसले चुम्ला उपाधि ?

काठमाडौं । काठमाडौंमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने पुरुषको फाइनलमा विभागीय टिम एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको फाइनल खेल दिउँसो ४ बजे हुनेछ ।

पुरुषको तेस्रो स्थानका लागि आर्मी र पुलिस क्लबबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ । महिलातर्फको फाइनलमा साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच खेल हुनेछ । महिलाको फाइनल खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

अपरान्ह १२ बजे महिलाको तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?