नेविसंघले प्रस्तावित सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने, यस्तो छ कार्यक्रम

काठमाडौं । नेपाल विद्यार्थी संघले प्रस्तावित सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने भएको छ । आउँदो पुष २४ गते बिहिबार दिउँसो १२:३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जनाएको छ । विरोध कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टले लोकपथलाई जानकारी दिएका छन् ।

हालै संसद्को विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवालामाझ बहस सिर्जना भएको छ । धेरैले यो विधेयकलाई सरकारको दम्भको उपजको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?