खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस्

ज्योतिषी दुर्गा भण्डारी । काठमाडौं । २०७६ साल पौष १० गते बिहान औंसी तिथिका दिन सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट स्पर्ष गरि बिहान ११ बजेर १ मिनेटमा मध्य हुँदै बिहान ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देशबाट देख्न सकिनेछ भने हिन्द महासागर, मलेशिया, पूर्वी यूरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत अधिकांश भागबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार पौष १० गते बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श हुन्छ र बिहान १० बजेर १ मिनेटमा मध्य हुँदै बिहान ११ बजेर ३१ मिनेटमा सकिनेछ । खण्डग्रास सूर्य ग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणकोबीच भागबाट शुरु भएर पूर्व र दक्षिणको बीचबाट सकिनेछ ।

पौष ९ गते बुधबार नेपाली समय अनुसार बेलुकी ८ बजेर ४२ मिनेटदेखि बालक, वृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, विभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुसार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौँ गुण फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शाश्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ ।

हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन । बाल बच्चा,वृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोवर राख्नाले ग्रहणबाट आउने विकिरण तथा नकारात्मक उर्जा रोक्दछ ।

जुन नक्षत्र र जुन राशिमा ग्रहण लाग्दछ त्यो नक्षत्र र राशि भएका व्याक्तिहरुलाई कष्ट हुने शास्त्रमा उल्लेख गरिएको छ । पौष १० गते मूल नक्षत्र र धनु राशिका व्यक्तिहरुले सजक हुनुपर्नेछ ।
१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल यसप्रकार रहेको छ ।
मेष : माननाश
वृष : कष्टम्
मिथुन : स्त्रीपीडा
कर्कट : सौख्यम
सिंह : चिन्ता
कन्या : व्यथा
तुला : श्री प्राप्ति
बृश्चिक : क्षति
धनु : घात
मकर : व्यय
कुम्भ : लाभ
मीन : सुखम्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?