सूचना आयोगका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिस प्रक्रिया नै असंवैधानिक रहेको भन्दै पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता विष्णु लुइटेलले सिफारिस र नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
मंगलबार दर्ता भएको रिटमाथि बुधवार सुनुवाई हुँदैछ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा डा।महेन्द्रमान गुरुङ र आयुक्तहरुमा कमला ओली तथा दीपक मैनालीको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?