चार महिनामा प्यान लिनेको संख्या २५ प्रतिशतले बृद्धि

काठमाडौं । सरकारले प्यान अनिवार्य बनाएपछि अहिले प्यान लिनेको संख्यामा बृद्धि भएको छ । कर्मचारीको तलबभत्ता तथा दुई हजारभन्दा बढीको बिलमा अनिवार्य प्यान नम्बर उल्लेख गर्ने व्यवस्था गरेसँगै प्यान लिनेको संख्यामा बृद्धि भएको हाे ।

यसैक्रममा चालू आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै सात लाख ५५ हजार भन्दा बढीले प्यान नम्बर लिएको पाइएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २१ लाख ७२ हजार ३८३ जनाले प्यान नम्बर लिएको तथ्यांकमा उल्लेख रहेको छ । यस्तै आन्तरिक राजस्व विभागका अनुसार कात्तिक मसान्तसम्ममा २९ लाख २७ हजार ८२६ जना पुगेको छ ।

चालु आर्थिक वर्षको चार महिनाको अवधीमा २५ प्रतिशतले प्यान लिनेको संख्या वृद्धि भएको पाइएको छ । उक्त अवधिमा करिव व्यक्तिगत तथा व्यबसायीक गरि करिव ६ लाख बृद्धि भएका छन् । व्यक्तिगत अन्तर्गत व्यक्तिगत प्यान नम्बर दुई लाख जनाले तथा व्यबसायीक अन्तर्गत चार लाख जनाले प्यान लिएको बिभागले जनाएको छ ।

अहिलेसम्म व्यावसायिक प्यान नम्बर लिनेको संख्या करिव १६ लाख ४१ हजार ६४४ रहेका छन् । त्यस्तै व्यक्तिगत प्रयोजनका लागी प्यान नम्बर लिनेको संख्या ६ लाख ४८ हजार ५६४ पुगेको बिभागको तथ्यांकमा उल्ल्ेख रहेको छ । त्यतिमात्र नभएर हाल मूल्य अभिवृद्धि कर ९भ्याटमा० गर्नेको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको छ । तथ्यांक अनुसार कात्तिक मसान्तसम्म दुई लाख ३७ हजार ५८५ जना भ्याटमा दर्ता भएको थियो ।साथै पछिल्लो चार महिनाको अवधिमा मात्रै २४ हजार जना भ्याटमा दर्ता गर्नैको संख्या थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?