को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर ? चर्चामा रहेका यी ७ नाम

काठमाडौं । आगामी चैत देखि राष्ट्र बैंकको गभर्नरबाट डा. चिरञ्जीवी नेपाल सेवा निबृत्त हुँदैछन् । गभर्नर नेपालको कार्यकाल सकिने मिति नजिकिँदै जाँदा नयाँ गभर्नर बन्ने दौड सुरु भइसकेको छ । सरकार तथा अर्थमन्त्रालयको नेतृत्व नेकपाले गरिरहेकाले यतिबेला नयाँ गभर्नरका लागि नेकपा बृत्तभित्रकाहरु नै प्रमुख उमेद्वारका रुपमा अगाडि देखिएका छन् ।

पाँच बर्षे कार्यकाल हुने गभर्नर पद तुलनात्मक रुपमा कम राजनीतिक हस्तक्षेप हुने र वित्तीय क्षेत्रमा निकै प्रभावशाली पद हो । विगतको नजिरले पनि सरकार परिवर्तन हुदा गभर्नर हटाउन अर्थमन्त्रीहरु हतारिँदैनन् । गभर्नर हटाउन लामो प्रक्रिया पुरा गर्नुपर्छ ।

अर्थमन्त्रालयको प्रमुख सल्लाहकारको भूमिकामा रहेको राष्ट्र बैंकको गभर्नर ग्ल्यामरस पद पनि हो, त्यही भएर पनि यसमा दावी गर्नेहरुको संख्या बढी हुन्छ । अहिलेका गभर्नरले योजना आयोग छाडेर राष्ट्र बैंक आउनुको कारण ग्ल्यामर नै भएको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।

सेवा निवृत्त हुनुअघि गभर्नर एक महिना विदा बस्ने प्रचलन छ । गभर्नर विदा बस्नु अघि सरकारले गभर्नर सिफारिश समिति बनाउँछ । गभर्नर नियुक्तिको प्रक्रिया लामो भएकोले पनि अहिले देखिनै संभावितहरुको चर्चा चल्न थालेको हो ।

यस्तै नयाँ गभर्नरका लागि लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंकका सञ्चालक समिती सदस्य सवोध कर्ण , हालका डेपुटी गभर्नर शिवराज श्रेष्ठ एंव चिन्तामणी शिवाकोटी, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, नेपाल बैंकका अध्यक्ष वासु अधिकारी र राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भाष्करमणी अधिकारी लगाएतको नाम चर्चामा रहेको छ ।

अहिले नयाँ गभर्नरका लागि उनिहरुको नाम चर्चामा रहेको समयमा आ-आफ्नो ठाँउबाट उनीहरुले राजनीतिक रुपमा लबिङ गरेका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नेपाल सरकारले नियुक्ती गर्ने गर्दछ । नेपालमा हुने हरेक किसिमका नियुक्तीमा माथिल्लो तहका नेतृत्वबाट हुनेगरेका चलखेलले गर्दा गभर्नर नियुक्ती हुने गरेको छ । यस नियुक्तीमा राजनीतिक दाउपेचले ठाँउ पाउनाले गर्दा राम्रा मान्छे नभएर हाम्रा मान्छे आउने गरेका प्रशस्त उदाहरणहरु रहेका छन् । गभर्नरको जस्तै डेपुटी गभर्नरको पनि पदावदी पाँच वर्षको रहने गर्दछ ।

गभर्नर नेपालको कार्यकालका लागी शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटी डेपुटी गभर्नर रहेका छन् । गभर्नरको पाँच वर्षको पदावदी सकिनै लाग्दा गभर्नर बन्ने आकांक्षीका रुपमा रहेका श्रेष्ठमाथी बिभिन्न आरोपमा निलम्बन गरिएको छ ।

श्रेष्ठमाथी वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, ठुला बाणिज्य बैंकको खराब कर्जा लुकाउन सघाएको, बैंकका अयोग्य संचालकलाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको समेत आरोप रहेको छ ।

यस्तै, गभर्नरको आकांक्षी रहेका हालका अर्का डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी माथिपनि आरोप आउने हुन कि भन्ने कुराको चर्चा चल्न थालेको छ । पाँच वर्ष अघि तत्कालिन एमाले कोटाबाट शिवाकोटी साथै काङ्ग्रेस कोटाबाट श्रेष्ठले डेपुटी गभर्नरमा नियुक्त भएका थिए। गभर्नर साथै डेपुटी गभर्नरको पद आगामी चैत्रमा सकिदैँ छ । यससँगै अबको गभर्नर तथा डेपुटी गभर्नर को बन्ने भन्ने कुराको चर्चा राजनितीक वृतमा चल्न थालिसकेको छ ।
निलम्बित श्रेष्ठले आफूमाथी लागेको आरोप निराधार रहेको साथै आफूलाइ गभर्नर हुनबाट रोक्नका लागी षयन्त्र गरिन लागेको बताउदै आएका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाइ पदमुक्त हुनासाथ स्वत निलम्बन हुन सक्ने भन्ने कानुनी प्रावधान रहेको छ । ऐनमा व्यबस्था भए अनुसार नै श्रेष्ठ स्वत्तः निलम्बनमा परेका हुन् । श्रेष्ठ निलम्बनमा परेसँगै राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कुमार कर्ण गरि तीन जनाको छानबिन समिती गठन गरि छानबिनको प्रक्रिया अगाडी बढाइसकेको छ । यससँगै निलम्बित श्रेष्ठको सम्पती विवरण समेत सार्वजनिक गरिसकेको छ ।

राष्ट्र बैंकमा एक गभर्नर साथै दुइ डेपुटी गभर्नर रहने कानुनी प्रावधान रहेको छ । राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको रहने गर्दछ । हालसम्म नेपाल राष्ट्र बैंकले १५ जना गभर्नर फेरिसकेको र हालका १६ औँ गर्भनरको रुपमा रहेका गभर्नर डा चिरञ्जिीवी नेपालको पदावदी आगामी चैत्रमा सकिँदै छ । यससँगै राष्ट्र बैंकको १७ औं गभर्नरमा को आउने भन्नेमा कुरामा चर्चा समेत चल्न थालिसकेको छ ।

यी हुन राष्ट्रबैंकको १७ औं गभर्नरका आकाक्षीं

नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तीमा प्रधानमन्त्री तथा अर्थमन्त्रीको ठूलो हात रहने गर्दछ । आगामी चैतमा सकिने गभर्नरको पदावदी सँगै भावी गभर्नर को बन्ला भन्ने चर्चासँगै आकांक्षीहरुको नामसमेत चर्चा हुन थालिसकेको छ । यसैक्रममा लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंकका सञ्चालक समिती सदस्य सुवोध कर्ण , हालका डेपुटी गभर्नर शिवराज श्रेष्ठ तथा चिन्तामणी शिवाकोटी, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, नेपाल बैंकका अध्यक्ष वासु अधिकारी तथा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भाष्करमणी अधिकारी लगायतको नाम चर्चामा रहेको छ । भावी गभर्नरको रुपमा उनिहरुको नाम चर्चामा चलेसँगै आ – आफ्नो ठाँउबाट उनीहरुले राजनितीक रुपमा लबिङ थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?