एनआईसी एशिया बैंकद्वारा ‘आमा घर सेवा आश्रम’लाई सहयोग

लोकपथ
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ ।

बैंकले मकवानपुरको मनहरी नगरपालिका–८ स्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको हो ।

परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेज्यूले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देललाई बुधबार एक कार्यक्रमका बिच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै उनीहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?