महालक्ष्मी विकास बैंकद्वारा यूनियनपेसँग सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

लोकपथ
63
Shares
Copy of MLBL ad – 11

काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यो सुविधा सञ्चालनमा ल्याएको हो ।

यस सेवासँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

विशेषगरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ, जसले नगद बोकेर हिँड्नुपर्ने झन्झटलाई कम गर्नेछ ।

सन् २००२ मा स्थापना भएको यूनियनपे इन्टरनेशनल अग्रणी भुक्तानी सेवा प्रदायकमध्ये एक हो । यसका ९.६ अर्बभन्दा बढी कार्ड जारी भइसकेका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ । नयाँ सेवासँगै नेपालमा विद्यमान क्यूआर भुक्तानी पूर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

यसैबिच बैंकले २०८३ लाई ‘डिजिटल प्रवद्र्धन वर्ष’ का रूपमा मनाउने घोषणा गर्दै मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत विशेष योजना पनि सार्वजनिक गरेको छ ।

वैशाखको पहिलो हप्ताभित्र मोबाइल बैंकिङ प्रयोग गरी कम्तीमा एक सफल कारोबार गर्ने प्रयोगकर्तामध्ये गोला प्रथाबाट तीन जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?