निलम्बित डेपुटी गभर्नर श्रेष्ठको सम्पती सार्वजनिक (हेर्नुहोस् विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटि गभर्नर सिवराज श्रेष्ठलाइ निलम्बन गरेको छ । श्रेष्ठलाइ निलम्वनमा परेसँगै उनको सम्पतीमा छानविन गरिएको छ । यसैक्रममा उनको सम्पती करोडौंको मात्रामा रहेको पाइएको छ ।

काठमाडौंको बालाजु र धापासीमा गरेर २ वटा घर , धापासीमै जग्गा तथा ६२ तोला सुन र ६०० तोला चाँदी तथा उनी र उनको परिवार सँग विभिन्न बैंक तथा वित्तीय संस्थाको डेढ लाख कित्ता बढी शेयर र सरकारी बचतपत्रमा मात्रै १ करोड ७ लाख भन्दा बढी लगानी रहेको छ ।
यी सबै विवरण श्रेष्ठले पद बहालीको क्रममा राष्ट्रबैंकमा बुझाएको सम्पती सम्बन्धी विवरण उल्लेख गरेको पाइएको हो ।

साथै राष्ट्रबैंकले निलम्बित श्रेष्ठमाथि छानबिनको प्रक्रिया अगाडी बढाएसँगै नयाँ तथ्यहरु बाहिर आइरहेका छन् । यसै क्रममा २ लाख पर्ने हीराको औंठी र ७२ हजार नगद समेत रहेको उनको सम्पती विवरणमा उल्लेख छ । त्यस्तै यसको अलावा उनी र उनको परिवारसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा गरेर करिब २ करोड बचत रहेको समेत पाइएको छ ।

यस्तो छ श्रेष्ठको सम्पती विवरण :

 

 

 

 

 

याे समाचार पढ्नुभयाे ?

डेपुटी गभर्नर श्रेष्ठको बर्खास्तीबारे छलफल गर्न राष्ट्र बैंकको बैठक आज बस्दै

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, ३ सदस्यीय छानबिन समिती गठन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?