भोजपुरमा वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

लोकपथ
35
Shares

काठमाडौं । भोजपुर वर्षाका कारण सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ ।

जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् ।

हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।

वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ ।

यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?