काठमाडौं । साताको पहिलो कारोबारका दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २७ सयले बढेर २ लाख ९९ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । शुक्रबार ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया