डेपुटी गभर्नर श्रेष्ठको बर्खास्तीबारे छलफल गर्न राष्ट्र बैंकको बैठक आज बस्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बर्खास्त गर्ने वा नगर्ने भन्ने निर्णय गर्नको लागी आज बैठक बस्ने भएको छ । हालका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको आज बोर्ड बैठक बस्न लागेको हो ।

डेपुटी गभर्नर श्रेष्ठको बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको छ ।

यसै अनुसार गभर्नर डा. चिरञ्जीवी नेपालले अर्थ मन्त्रालयको निर्देशनमा आइतबार सञ्चालक समीतिको बैठक बोलाउनुभएको हो ।

श्रेष्ठ ०७२ फागुनमा नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । श्रेष्ठको काम–कारवाहीबाट अर्थमन्त्री डा. युवराज खतिवडा असन्तुष्ट भएको कुरा अर्थ मन्त्रालयले राष्ट्रबैंकमा खबर पठाएको थियो । डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?