संविधान दिवसः ६३४ जना विभिन्न पदकबाट सम्मानित (हेर्नुहोस् सुचीसहित)

काठमाडौं । हरेक वर्ष संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाइ मानपदवी सहित सम्मान गर्दै आएको छ । यसैक्रममा यस वर्षपनि सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। गृह मन्त्रालयका अनुसार ६३४ जनालाई सम्मानित गरिएको छ।

स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई यो वर्ष महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट सम्मानित गरिएको छ। वरिष्ठ साहित्यकार दीक्षित र पूर्व पर्यटनमन्त्री समेत रहेका अधिकारीलाई मरणोप्रान्त सम्मान गरिएको हो। दीक्षितको यही साउन ३० गने निधन भएको थियो। अधिकारीको ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी गत फागुन १५ गने निधन भएको थियो।

त्यस्तै उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिएको छ।यस्तै, सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, तथा स्व. पर्यटन व्यवसायी आङछिरीङ शेर्पा समेत सात जनालाई सम्मानित गरिएको छ।

सहायक रथी विनोद पाण्डे नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरखबाट विभूषित हुनुभएको छ । भने सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषण ३० जनाले प्राप्त गर्नुभएको छ । नेपाली सेनाले मात्र प्राप्त गर्ने अतिपौरख भाष्करबाट २०, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप आभूषणबाट २३, समाजसेवा रत्नबाट १६, नेपाली सेनाले मात्र प्राप्त गर्ने महापौरख भाष्करबाट ४३, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप भूषणबाट १६ जना सम्मानित भएका छन्।

उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रा.डा भगवान कोइरालासहित आठ जनालाई प्रदान गरिएको छ। गृहका अनुसार सुप्रवल जनसेवाश्री ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चुतर्थ) २०२, जनसेवा श्री (पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिएको छ।नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अङ्कारबाट ७ विभूषित हुने भएका छन्।

हेर्नुहोस् यस्तो छ सुची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?