भ्रष्टचारीहरुको भिडियो क्लिप सरकारसँग आइसक्यो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले ‘भ्रष्टचारीहरुको भिडियो क्लिप सरकारसँग आइसकेको बताउनुभएको छ । लोकतन्त्रविरुद्ध विभिन्न खाले गतिविधि र षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता गतिविधिहरु गर्ने जो कोहीलाई नछाड्ने चेतावनी दिएका दिनुभएको हो । बुधबार सिंहदरवारस्थित संघीय संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ । भिडियो क्लिप सरकारसँग आइसकेको छ । र सरकारले त्यस्ता गतिविधिलाई नियालिरहेको बताउनुभयो । उहाँले विप्लव समुहका गतिविधिप्रति संकेत गर्दै प्रश्न गर्नुभयो ‘लोकतान्त्रिक प्रणालीबाट बनेको सरकार छ । अब केका लागि हिंसा ? केका लागि बम पड्काउने ?

शान्ति सुरक्षामा धावा बोल्नेलाई प्रतिबन्ध नलगाएर के गर्ने त ? भन्दै प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि नदिने प्रतिबद्धता दोहोर्याउँदै आफ्नो नेतृत्वमा सरकार गठन भएको २ वर्ष हुन लागेको मा सरकारका कामकारवाहीले गति लिएन भन्ने आलोचना सुनेकोले त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बताउनुभयो ।

‘नयाँ संसदमा भ्रष्टारचार बारे छलफल गर्नुपर्ने अवस्था नै नआओस् । प्रधानमन्त्रीको भनाई थियो ।

सात अर्ब ७३ करोडमा सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवन तीन वर्ष बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।हाल संघीय संसदको आफ्नै भवन छैन । आफ्नै भवन नभएका कारण संसद सचिवालयले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद बैठक बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?