आज विश्व आत्महत्या निवारण दिवस : डरलाग्दो गरी बढ्दै छ आत्महत्या दर, यसरी रोकौं (भिडियोसहित)


प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार ०८:३१


काठमाडौं – हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व भरिनै विश्व आत्महत्या निवारण दिवस मनाइन्छ ।

सन् २००३ देखि आत्महत्या रोक्नको लागि विश्वव्यापी रुपमा प्रतिबद्धता र कार्यक्रमहरु आयोजन गर्ने गरेको हो ।

आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । तर, पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्दछन् । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पुर्‍याउने प्रमुख रोगको रूपमा मानिन्छ । यसका साथै बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगहरूले पनि आत्महत्या गर्न सघाउ पुर्‍याउँछ ।

मनोविश्लेषक वासु आचार्यका अनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन् । जब उसले आत्महत्याको सोच राख्छ तब उसलाई परामर्शले पनि छुदैन् र उचित मौका र समयको प्रतिक्षामा हुन्छ ।
आचार्यका अनुसार यस्ता व्यक्ति आत्महत्या गर्नुपूर्व कसैको ऋण छ भने तिरिदिने, कसैसित झगडा परेको छ भने माफी माग्ने, कुनै घटना वा परिघटना भएमा त्यो सुल्झाउन थाल्दछन् ।

आत्माहत्याको मुख्य कारण भनेको दुःख हो । मानिसको जीवनबाट जब खुसी हराउँदै जान्छ तब उसले विक्लप र सजीलो उपाय आत्माहत्या देख्छ ।

आत्महत्या गर्नेहरू गरिबि, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ । यो बाहेक आत्महत्या गराउन प्रेरित गर्ने कारणमा सामाजिक र आर्थिक क्षेत्रमा विचलन, लगातार उदासिपन, चिन्तन, छटपटी हुनु, लगातार धेरै दिनसम्म निन्द्रा नलाग्नु, दोधार मनस्थिति, हरेक कुरामा चाहँना घट्दै जानुले पनि मानिसलाई नैरास्यता बनाउँछ र उ आत्महत्याको सोचमा पुग्छ ।

कतिपय अनमेल विवाह, झै–झगडा, श्रीमान–श्रीमतीबीच बैमनस्यता, सासू–ससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइन्छ । युवा अवस्थाको लापरवाही, शिक्षाको ढिलाई र सँगसँगै पढेका साथीहरूको प्रगतिले पनि आत्मवल कम भएका मानिसलाई आत्महत्या गर्ने तर्फ उन्मुख पारेको हुन्छ ।

आत्महत्या गरेका मानिसहरूको अध्ययन गर्दा हरेक क्षेत्रको असफलता र बेरोजगारीका कारण पनि धेरै युवायुवतीले आत्महत्या गरेको पाइएको छ ।

आत्महत्या गर्ने शैली
पुरुषले घरको सिलिङमा झुण्डिने र नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ ।

महिलाले भने धेरैजसोले हातको नसा काट्ने, निद्रा लाग्ने औषधि अधिक मात्रामा सेवन गरी आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । कतिपयले झुण्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ ।मानसिक रोगका साथसाथै मानिसको आफ्नै प्रयासबाट आत्महत्याको अवस्थासम्म पुग्ने गर्दछन् ।

रोकथाम कसरी गर्ने ?

आत्महत्यालाई न्यूनीकरण गर्न उचित परामर्श, मनोशारीरिक परामर्श र आवश्यक भएमा मनोचिकित्सकसँग सल्लाह लिन सक्निछ ।

विशेष गरेर परिवारका सदस्यहरूले आत्महत्याको संकेत चिह्नलाई पहिचान गरेर उत्प्रेरणा दिँदै उनीहरूलाई समय धेरै दिनु आवश्यक हुन्छ । यसका साथै समयमा मनोविद्हरूसँग लगेर परामर्श लिने वातावरण तयार गरि दिनुपर्दछ ।
यो पनि :

फेसबुकमा स्टाटस राखेर किन युवाहरु आत्महत्या गर्छन् ?

१० लाख मानिसद्वारा आत्महत्या : २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण

के हो आत्महत्या दुरुत्साहन  ?


आमाले गाली गरेको भन्दै छोराले पोखरीमा डुबेर आत्महत्या गरे
बढ्दो आत्महत्या चिन्ताजनक समस्या


आत्महत्या गर्नेको सङ्ख्या बढ्दो
१६ वर्षीया किशोरीले आत्महत्या गर्दा दुरुत्साहन मुद्दा

आत्महत्या दुरुत्साहन कानुन ‘अपूर्ण’
हरेक २ दिनमा एकको आत्महत्या

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाम : हत्यादेखि आत्महत्यासम्म

आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्छ: मह जोडी

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरण, ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

सुन्धारा आत्महत्या प्रकरण सालाले दिए भिनाजुविरुद्ध जाहेरी

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाद्वारा शान्ति सेना को भत्ता ८५ अमेरिकी डलरले वृद्धि

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना

विदेशी अपराधीलाई कानुनी दायरामा आउन मन छ भने नेपाल आए हुन्छः सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले अपराध नियन्त्रण गर्न र अपराधी पक्राउ

अपराध अनुसन्धान र नियन्त्रणमा मनोविज्ञान

अपराध शास्त्रीहरुका अनुसार अपराधको उद्गम थलो समाज हो, र अपराध समाजकै एउटा भाग

३३ किलो सुन प्रकरण : सबै आरोपित दोषी नदेखिएको भन्दै सर्वोच्चको यस्तो निर्णय

काठमाडौ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको विषयमा सर्वोच्च