किन सबै प्लेनको रङ सेतो हुन्छ ?

एजेन्सी । हामीले सानैदेखि देख्दै आएको प्लेन निलो आकाशमा उडिरहेका हुन्छन् । सबै प्लेन सेतो रङका नै हुन्छन् । किन हुन्छन त सबै प्लेन सेतो रङका ?

यसको पछाडि वैज्ञानिक कारण जोडिएको छ । प्लेन धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर सेतो रङको प्रयोग गरिन्छ ।

सेतो रङमा तापमान बढ्ने सम्भावना कम हुने भएकाले प्लेनको पाटपुर्जामा नराम्रो असर नपर्ने र सेतो रङले ताप र घाम आफूतिर एकिकृत हुन दिदैँन ।

अर्को कारण यसको पेन्टिङमा लाग्ने खर्च पनि हो । यदि प्लेनमा अन्य रङको प्रयोग गरियो भने छिट्टै उड्ने र फेरि रङ गर्न महंगो पर्ने भएकाले पनि यसमा सेतो रङको नै प्रयोग गरिन्छ ।

साथै, सेतो रङ लगाउँदा प्लेनको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ । यस्ता बिविध कारणले गर्दा प्लेनको रङ सेतो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?