यसरी हुन्छ राष्ट्रिय सभा निर्वाचन

काठमाडौँ, १९ पुस- निर्वाचन आयोगले २५ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाब दिएको छ । मंगलबार प्रधानमन्त्री देउवासँगको भेटमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारीका लागि आवश्यक समयका आधारमा मिति घोषणा गर्न सुझाब दिएका हुन्, नयाँ पत्रिकामा खबर छ सातवटै प्रदेशमा निर्वाचन हुँदा त्यहाँका मतदाताले सोही प्रदेशका उम्मेदवारलाई मात्र मत दिनुपर्नेछ । सातवटै प्रदेशमा निर्वाचन भएर प्रत्येक प्रदेशबाट आठजनाका दरले ५६ जना निर्वाचन हुन्छन् यसमध्ये तीनजना महिला, एकजना दलित, एकजना अपांग वा अल्पसंख्यक र तीनजना सदस्य खुलाबाट निर्वाचित हुन्छन् । जसमा तीनजना महिला र तीनजना खुला सदस्य एकल संक्रमणीय विधिबाट निर्वाचित हुन्छन् । एकजना दलित, एकजना अपांग वा अल्पसंख्यक बहुमतीय प्रणालीबाट निर्वाचित हुन्छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा तीनजना राष्ट्रपतिबाट मनोनीत हुन्छन् । मनोनीतमा एकजना महिला हुनुपर्छ । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेका, सामान्यतः राष्ट्रिय जीवनमा ख्यातिप्राप्त र सिनियर राजनीतिज्ञ उम्मेदवार हुने अभ्यास छ राष्ट्रिय सभामा महिला र खुलाका लागि छुट्टै, दलित र अपांग वा अल्पसंख्यकका लागि छुट्टाछुट्टै मतपत्र हुन्छन् मतभार छुट्याउन प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतपत्र पनि छुट्टाछुट्टै रङका हुन्छन् निर्वाचनमा मतदाता २०५६ जना हुन्छन् । जसमा ५५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १५०६ जना हुनेछन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ४८ छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?