पुडासैनीले डोरी किनेको पसल भेटियो, सिसिटिभीमा जे देखियो …

‘हार्डडिस्क’ लिएर अनुसन्धान हुँदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको दृश्य भएको सीसीटीभी फुजेट बाहिरिएको छ । घटनामा मिहिन ढंगले अनुसन्धान गरिरहेको प्रहरीले सो फुटेज फेला पारेको छ ।

शंका उपशंका उब्जिएको पुडासैनीको मृत्युका विषयमा गहिरो खोज गर्ने क्रममा गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा भेटिएपछि आइतबार साँझ चितवन प्रहरीले होलसेल पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ ।

सीसीटीभी फुजेटमा बसपार्क नजिकै सडकको जेब्राक्रस बाट उनि एक्लै जान्छन र डोरी माग्छन उनले कुरा गरेको हाउभाउ जस्तो देखिन्छ । पसलेले होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । एक्लै आएका पुडासैनीले लुगा सुकाउन भन्दै डोरी मागेको पसलले प्रहरीसामु बताएका छन् । पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा देखिन्छ ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे गएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए ।

भिडियोमा पुडासैनीले पैसा तिरेको पनि देखिन्छ उनले प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।
पुडासैनीको मृत्यु पश्चात प्रहरीले कार्यक्रम प्रस्तोता रवी लामिछाने, पत्रकार युवराज कंडेल र रुकु भनिए अस्मिता कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । उनले मर्नुअघि तिनै जनाले आफुलाई मर्न दुरुत्सहान गरेको भनि भिडियो रेकर्ड गरेका थिए

यो पढ्नुभयो ?

पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवनमा, प्रहरीको भनाई यस्तो छ

रवि लामिछाने प्रकरणः आइजीपी सर्वेन्द्र खनालमाथि प्रेम बानियाँका गम्भीर दुई प्रश्न

पुडाशैनीको श्रीमतीले दिईन् रवी लामिछानेविरुद्ध किटानी जाहेरी, समर्थक सडकमा उर्लिए

रवीसहित तीन जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, समर्थकको यस्तो तयारी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?