रवि लामिछाने प्रकरणः आइजीपी सर्वेन्द्र खनालमाथि प्रेम बानियाँका गम्भीर दुई प्रश्न

काठमाडौं । न्यूजन २४ टेलिभिजनका पूर्व पत्रकार प्रेम बानियाँले शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकणमा आइजीपी सर्वेन्द्र खनालमाथि गम्भी प्रश्न गर्नुभएको छ । पत्रकार बानियाँले सामाजिक सञ्जाल फेसबुकमार्फत अन्तर्राष्ट्रिय मान्यता विपरीत दिवंगत पुडाशैनीले बोलेको भिडियो सार्वजनिक भएको भन्दै आइजीपी खनालमाथि गम्भीर प्रश्न गर्नुभएको हो ।

उहाँले फेसबु्कमा लेख्नुभएको छ,

‘प्रिय मित्र/प्रिय व्यक्तित्व सर्वेन्द्र खनाल ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी । तपाईंको निष्ठा, कार्यकुशलताको खुब ठूलो प्रशंसकले उसको ज्ञान र अध्ययनका आधारमा तपाईंलाई नितान्त व्यक्तिगत दुईवटा प्रश्न वा सुझाव प्रस्तुत गरेको सम्झिनुहोलाः

नम्बर १, त्यो भिडियो कसरी बाहिर आयो ? अनुसन्धानमा अब्बल नेपाल प्रहरीमा तपाईंको अब्बल अनुभवलाई साक्षी राखेर सोधिएको प्रश्न हो यो । आत्महत्या गरेको व्यक्ति भएको कोठा प्रहरीले फोडेको हो, त्यो कोठामा सबभन्दा पहिला प्रहरी छिरेको हो । सबै प्रमाणहरु (मोवाइल, कागजात वा अन्य सबै) प्रहरीले नै संकलन गरेको हुनुपर्छ÷हुनैपर्छ । त्यसपछि सवै स्रोत र सूत्रहरु गोप्य राखेर सुक्ष्म र गोप्यरुपमै अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यो भिडियो कसरी बाहिर आयो ? यतिसम्म कि त्यो भिडियो आफन्तको हातमा पनि पुग्न सक्दैन, मिल्दैन र सम्भव छैन । किनकि यो प्रहरी अनुसन्धानको विषय भइसकेको थियो । सबै स्रोतहरु प्रहरीको नियन्त्रणमा हुनुपर्छ । संसारको कुनैपनि प्रहरी संगठनले वा अनुसन्धानमा संलग्न कुनैपनि निकायहरुले यस्तो गर्न सक्दैनन्, यो कसरी भयो ? त्यो भिडियो प्रहरीको नियन्त्रणबाट बाहिर कसरी गयो ? यसको जवाफ प्रहरीले मात्रै दिनसक्छ । अनुसन्धान विषयमा यो एक अन्तर्राष्ट्रिय प्रश्न हो ।

नम्बर २, रवि लामिछानेलाई पत्र काटेर निश्चित घण्टाभित्र प्रहरीको कुनैपनि कार्यालयमा बोलाएको भए के हुन्थ्यो ? न्यूजरुममा काम गरिरहेको पत्रकारलाई त्यो पनि डेढ घण्टापछि प्रत्यक्ष कार्यक्रम प्रशारणको तयारीमा रहेको प्रस्तोतालाई टेलिभिजन स्टेशनमै गएर पक्राउ गर्नुअघि प्रेस स्वतन्त्रताका अन्तर्राष्ट्रिय मान्यताहरुलाई किन भुल्नुभयो ?
एक मित्रवत सम्वन्धका कारण एउटा आइजीपीलाई भन्दा पनि एक आत्मीय मित्रलाई सादर जानकारी गराएको हो । यसले तपाईंको अनुसन्धानलाई अझ गहिरिएर निश्कर्ष निकाल्न सघाउने आशा लिएको छु ।’

केहीदिनअघि रवि, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न लागेको भनी शालिकराम पुडासैनीले बोलेको भिडियो सार्वजनिक भएपछि आल उनिहरुलाई प्रहरी पक्राउ गरी अनुसन्धा गरिरहेको छ । पुडासैनीले बोलेको भिडियो पहिलोपटक नेपाल आजले सार्वजनिक गरेको थियो ।

पत्रकार बानियाँ हाल अमेरिकामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?