रवी लामिछानेको समर्थनमा ‘चाहे हान छातीमा गोली’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकप्रिय संचारकर्मी रवी लामिछानेको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतीमा यो गीत तयार पारिएको हो ।

गीतमा गायक तिलकको स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् ।

गीतको भिडियोमा भने पत्रकार रवी लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणको भिडियो क्लिपदेखी रवीका वास्तविक तस्बिरहरु प्रयोग गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?