सुबिसु कार्यालयमा भिषण आगलागी हेनुहोस (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । काठमाण्डौंको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा भिषण आगलागी भएको छ ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बसिन्दालगायतले प्रयास गरिरहेका छन् । वारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो ठूलो फैलिएकाले नियन्त्रणमा आउन ढिलाइ भएको छ ।

कार्यालय वरपर रहेका बिजुलीका पोल तथा तार जलेर नष्ट भएको छ । आगो अझै पनि नियन्त्रण बाहिर नै रहेको छ ।

आगलागीको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ ।

हेनुहोस (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?