गुल्मी पहिरो अपडेट : मृत्यु भएका ६ जनाको पहिचान खुल्यो, ५ जना अझै बेपत्ता

appharu
0
Shares


सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीमा ज्यान गुमाएका ६ जनाको पहिचान भएको छ ।
पहिरोमा पुरीएर अन्य ५ जना हराईरहेका छन् । पहिरोमा परि १ जना घाईते भएका छन् ।

पहिरोमा परि मृत्यु हुनेमा सत्यवती गाँउपालिका ३ ठूलो लुम्पेगका ३२ वर्षिय तिलकुमार तरामु, उनको ९ वर्षिय छोरा दर्शन तरामु रहेको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिकाका वडा नम्बर ४ लिंघाका ६२ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक, १२ बर्षिय अन्जली बिक र १० बर्षिय हेमन्त बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर ५ जना अझै वेपत्ता भएका छन् ।
उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ । घटनास्थल सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी टाढा रहेको छ । भारी बर्षाका कारण बिचमा बाटो भत्किएपछि उद्दारमा पुग्न कठिनाई भइरहेको छ । स्थानीय उद्धारमा खटिएका छन् । उपचारका लागि स्वास्थ्यको टोली पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?