गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता

appharu
0
Shares


सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्युु भएको छ ।

पहिरोमा पुरीएर अनय ५ जना हराईरहेका छन् । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले परेको स्थानीयलाई उदृद गर्दै प्रहरीले जनाएको छ ।

घरमा सुतीरहेको अवस्था माथिबाट खसेको पहिरोले राति नै तीन घरहरु बगाएर करिब ५० मिटर तल पुराएको छ । सत्यवती गाउँपालिका ३ ठुलो लुम्पेकका तिल बहादुर त्रामुकी श्रीमती ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको छ । उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन् ।


अबिरल बर्षा भईरहेको र ठाउँ ठाउँमा खसको पहिरोका कारण सवारी चलाउन सक्ने स्थिती छैन । सडक अवरुद्ध हुँँदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । सदरमुकामबाट २० किलोमिटरको दुरीमा रहेको यो ठाउँको बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । प्रहरीको टोली त्यस तर्फ गएको छ । स्थानीय उद्धारमा खटिएका छन् । उपचारका लागि स्वास्थ्यको टोली पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?