छविलाई ३४५ कमेन्ट : श्रीमतीको माला लाउने बुडादेखि ४७ हाहा ४८ एङ्ग्री रियाक्टसम्म

appharu
0
Shares


नेपाली चलचित्र क्षेत्रमा यतिबेला निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको घरायसी झगडाको विषयले चर्चा पाएको छ ।

शिल्पाले आफू पीडित भएको भन्दै बचाईदिन प्रहरीकोमा उजुरी दिएपछि प्रहरीले दुईलाई छलफलका लागि बोलाएपछि बाहिर आएको यो जोडीको विवादको विषय डिभोर्सको उत्कर्षमा पुगेको छ ।

एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै शिल्पाले मलाई थाहा छ कति पीडा सहेँ भनेकी छिन् । उनले अब डिभोर्स नै गर्ने भनेकी छिन् । निर्माता ओझाले पनि मिडियाबाट अनुरोध गरिरहेका छन् आउनुहोस् मिलौँ भनिरहेका छन् ।

यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका थिए । उनको चौथो बिहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शिल्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, उनीहरु अहिले अलग अलग बस्दै आएका छन् ।


यता निर्माता ओझाले पनि एक सञ्चारकर्मीसंगको अन्तर्वार्ताका क्रममा शिल्पालाई कसैले उचालेर प्रहरीमा उजुरी दिएको दाबी गरेका छन् । उनले ११ घण्टा अगाडी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । यसैबिच उनको फेसबुकमा यो समाचार तयार पार्दासम्म अर्थात् मंगलबार १२ बजेर ३० मिनेटसम्म ३ सय ४५ कमेन्टहरु आएका छन् । उनका फ्यान फलोईङ तथा शुभचिन्तकले उनलाई कमेन्ट गरेका छन् ।


यस्ता छन् उनलाई आएका कमेन्टहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?