Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सेवाग्राहीसँग ५० हजार घुस लिने इञ्जिनीयर ‘रेडह्यान्ड’ अख्तियारको फन्दामा

बिप्लव जमकटेल ४ श्रावण २०७६, शनिबार १२:०२
सेवाग्राहीसँग ५० हजार घुस लिने इञ्जिनीयर ‘रेडह्यान्ड’ अख्तियारको फन्दामा
शेयर गर्नुहोस् Facebook

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ ।

आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका– १० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।