नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, दर्जन भन्दा बढी विद्यार्थी नेता पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

विषादी परीक्षण नगरी भारतसँग लम्पसार परेर खोक्रो रास्ट्रबादको नाममा जनताको स्वास्थ्यसँग गम्भिर खेलबाड गरेर तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै नेबिसंघका निवर्तमान केद्रीय सदस्य शुशिल भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुबास घिमिरे लगायत दर्जन भन्दा बढी पक्राउ परेका हुन् ।

बालाजु बाईसधाराबाट निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । आज नेविसंघले उपत्यकाका ११ स्थानमा मसाल जुलस निकालेको थियो ।

सरकारविरुद्ध शुक्रबार माइतिघरमा विरोधसभामा गर्ने नेविसंघको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?