थ्रेसहोल्ड नकटाउने मत के हुन्छ ?

काठमाडौँ, २६ मङ्सिर- समानुपातिकमा थ्रेसहोल्ड नकटाउने दलले सिट नपाउने खबर गोरखापत्रमा छ र, यस्ता दलहरूले पाएको मत एक हिसाबले खेर नै जान्छ । निर्वाचन आयोगको संस्थागत जानकारीमा मत कायम रहन्छ । यस्तो मत बाहेकका बाँकी मतमात्र थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा बाँडफाँट हुन्छ । बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित सिट सङ्ख्याका आधारमा दललाई सिट बाँडफाँट हुन्छ यसरी सिट बाँडफाँट गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन । यसरी थ्रेसहोल्ड नकटाउने दलले पाएको मत खेर नै गए पनि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई अप्रत्यक्ष फाइदा हुन्छ । यसले सिट पाउन चाहिने न्यूनतम मत सङ्ख्यालाई कम गर्नेछ दुई चरणका निर्वाचनमा गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ । यो बदर मतसमेत हो । यसअघिको ‘ट्रेन्ड’ अनुसार तीन प्रतिशत मत बदर भएमा थ्रेसहोल्डका लागि तीन लाख छ हजार हुन आउँछ । तोकिएको तीन लाख छ हजार मत नकटाउने दलले पाएको मत खेर जान्छ यसरी तोकिएको थ्रेसहोल्ड कटाएको अवस्थामा राजनीतिक दलले कम्तीमा चार सिट पाउन सक्छ । तर, प्रदेशसभाको हकमा भने तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट पाउने ग्यारेन्टी भने हुन्न । किनभने मत विभाजक सूत्रअनुसार प्रदेशका लागि तोकिएको सिट बाँड्दा थ्रेसहोल्डका लागि तोकिएको मत प्रतिशतभन्दा सिटका लागि आवश्यक मत बढी हुनसक्छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?