देउवाले भने – याे अन्तिम होइन, अब ३ पटक प्रधानमन्त्ती बन्छु

काठमाडौं, ३० कात्तिक– एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको दाबी गरेको भोलिपल्ट देउवाले पनि कडा टिप्पणी गरेका छन् । काँग्रेस सभापति समेत रहेका उनले आफू अझैं ३ पटक गरी ७ पटक प्रधानमन्त्री बन्ने बताए चुनाव प्रचार प्रसारका लागि बुधबार धनगढी पुगेका प्रधानमन्त्री देउवाले बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताए उनले ज्योतिषीहरुले आफूलाई सात पटक प्रधानमन्त्री हुने बताएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?