काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको छ । हिजो एक तोला चाँदीको मूल्य ३ हजार ५८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया