एनएमबि बैंकले दुई दिन सेवा बन्द गर्ने, यस्तो छ कारण

लोकपथ
0
Shares

काठमाडौं । एनएमबि बैंकले कोर बैंकिङ प्रणाली स्तरोन्नति गर्ने भएपछि बैंकका विभिन्न डिजिटल तथा अन्य सेवाहरू अस्थायी रूपमा बन्द हुने भएका छन् ।

बैंकले सूचना जारी गर्दै कोर बैंकिङ प्रणालीको स्तरोन्नति गर्नुपर्ने भएकाले एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी, बैंकका होलिडे काउन्टरहरू पनि सोही अवधिमा बन्द रहनेछन् ।

बैंकका अनुसार आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म यी सेवाहरू बन्द रहनेछन् ।

प्रणाली स्तरोन्नतिको काम सम्पन्न भएपछि सबै सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।

बैंकले सेवा अवरुद्ध हुने समयलाई ध्यानमा राख्दै आवश्यक बैंकिङ कारोबार समयमै सम्पन्न गर्न ग्राहकलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?