‘अण्डरवेयर’ मा लुकाएर अर्धठोस सुन, विमानस्थलबाट पक्राउ परे चिनियाँ नागरिक

लोकपथ
0
Shares

काठमाडौं । अर्धठोस अवस्थाको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४२ वर्षीय झाङ गिउक्वीन रहेका छन् । शंकास्पद गतिविधिका कारण अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले उनीमाथि निगरानी बढाइ चेकजाँच गरेको थियो ।

सो क्रममा उनको साथबाट अन्दाजी ६३५.९६ ग्रामको दुइ डल्ला सुन भेटिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) डुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार ती चिनियाँ नागरिकले उक्त अर्धठोस अवस्थाको सुन भित्री बस्त्र अण्डरवेयरमा लुकाएर ल्याएका थिए । उनलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी नेउपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?