बझाङ । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो ।
आज सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले बताए ।
अटोमा चालकसहित ४/५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो तथा अन्य सवार व्यक्तिबारे थप विवरण खुल्न सकेको छैन ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया