काठमाडौं । छिमेकी मित्र राष्ट्रहरु चीन र भारतसहित तीन देशका आवासीय राजदूतहरु नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि आवासीय राजदूतमा डा. निश्चलनाथ पाण्डे र चीनका लागि आवासीय राजदूतमा डा. कल्याणराज शर्मा नियुक्त भएका हुन् ।
यसैगरी मित्रराष्ट्र इजरायलका लागि आवासीय राजदूतमा सुरेशकुमार कर्ण नियुक्त भएका छन् ।
नवनियुक्त राजदूतहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
सरकारले छिमेकी देशहरु चीन भारतसहित विभिन्न देशका राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएका राजदूतहरु नियुक्त भएका हुन् । सरकारले सिफारिस गरेका कतिपय देशका राजदूतहरुको नाम भने संसदीय सुनुवाई समितिले अस्वीकार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया