काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज ११ सयले घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५२० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया