नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले बसमाथिको नियन्त्रण गुमाउँदा बिहान करिब ६ः४० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका यात्रुहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ । घाइतेहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया