काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।

आजको खेल पोखरा एभेन्जर्सका लागि यस सिजनको अन्तिम खेल हो। पोखरा अहिले अंकतालिकाको अन्तिम स्थानमा छ। काठमान्डु भने यसअघि नै प्लेअफमा पुगिसकेको छ।

आजको खेलका लागि काठमान्डुले टोलीमा चार खेलाडी परिवर्तन गरेको छ। आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा सुमीत महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टोले मौका पाएका छन्।

त्यस्तै, पोखराले पनि टोलीमा तीन परिवर्तन गरेको छ। सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा बिपिन आचार्य, विवेक राना मगर र दिनेश खरेल टोलीमा आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?