काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबारको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । उनले चितवनलाई फिल्डिङको निम्तो दिएका छन् ।
दुवै टोली आजको खेल जित्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छन् ।
जनकपुरका लागि यो समूह चरणको अन्तिम खेल हो । टोलीले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा दुई खेल जितेको छ भने चार खेलमा पराजित भएको छ । चार अंकसहित जनकपुर अंकतालिकाको छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यता चितवनले पाँच खेल खेलेको छ । दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको चितवनको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । पाँच अंकसहित चितवन अंकतालिकाको पाँचौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया