काठमाडौं । भारतको बिहारबाट बनाएको नक्कली सर्टिफिकेटले दुई दशकसम्म जागिर खाएका शिक्षकविरुद्ध मुद्दा दायर भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–५ मा निम्न माध्यमिक तहको राहत अनुदान कोटामा अध्यापन गराउँदै आएका सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध मुद्दा दायर भएको हो ।
सुरेन्द्रले आदर्श निकेतन आधारभूत विद्यालयमा जागिरका लागि निम्न माध्यमिक तह गणित (राहत) शिक्षक पदमा ०६३ साल असार १५ गते नियुक्ति लिएका थिए । उनले शिक्षकको नियुक्तिका लागि बिहार बिहार स्कुल अफ एक्जामिनेसन बोर्डबाट जारी गरिएको आईएस्सी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया