नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने

लोकपथ
14
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

बैंकले लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी ३३औँ वार्षिक साधारणसभामा लाभांश वितरणको प्रस्ताव पेस गरिनेछ ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?