काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विगतबाट सिकेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
न्यायलयमा देखिएको विचलनप्रति प्रतिक्रिया दिँदै उनले सरकारले इतिहासबाट पाठ सिक्न सुझाव दिएका हुन् ।
अहिलेको अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए ।
दुई तिहाइको वर्तमान सरकारले ०१५ सालको वीपी कोइराला नेतृत्वको सरकारले काम गर्न नपाएको र ०७४ सालमा बनेको नेकपा नेतृत्वको सरकारको झण्डै दुई तिहाइको सरकारको असफलताले स्पष्ट सन्देश दिएको दिएको भन्दै त्यसबाट पाठ सिक्न आग्रह गरे ।
‘अहिलेको वर्तमान अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रको लागि चिन्ता को विषय हो ।
हामीले विगतका राजनीतिक घटनाक्रमबाट पनि पाठ सिक्न आवश्यक छ । २०१५ सालमा बिपिको नेतृत्वमा रहेको सरकार होस् वा २०७४ सालमा बनेको नेकपाको झन्डै दुई तिहाइको सरकार, इतिहासले स्पष्ट सन्देश दिएको छ,’ उनले भनेका छन् ।
नेपालको इतिहासमा बनेका दुई शक्तिशाली सरकारको असफलताको आधारमा वर्तमान बालेन नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताए । वर्तमान सरकारले ५ वर्ष काम गर्नैपर्ने र कसैको उक्साहटमा आन्तरिक राष्ट्रियता कमजोर बनाउन नहुने उनको तर्क रहेको छ । सरकार र रास्वपा पार्टीलाई नेपालको माटो र जनतालाई सम्झिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘रास्वपा पार्टीको बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष पूरा हुनैपर्छ । हाम्रो आन्तरिक राष्ट्रियता कसैको उक्साहटमा कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन । हामी नेपालको माटो र जनतालाई सम्झेर आगाडी बढ्नुपर्छ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया