तिहारको शुभकामना दिँदै कांग्रेस सभापति गगन थापाले के भने ?

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दीपावली तथा तिहारको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले उज्यालो र आत्मीयताको पर्व तिहारले नेपाली नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक उर्जा सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

‘दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस्,’ उनले भनेका छन् ।

तिहार पर्वले सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा देखोस् भन्ने शुभेच्छा राखेका छन् । साथै हरेक घरमा खुसी, हरेक मनमा आशा र साझा भविष्यमा समुन्नतीको उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् ।

‘यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्,’ उनले भनेका छन् ।

सभापति थापाले सामाजिक सञ्जालमा लेखेका छन् :

दीपावली तथा तिहारको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना ! उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् । दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस् । यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्।
शुभ दीपावली ! शुभ तिहार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?