काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लोयल्टी बोनससहितको नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको हो ।
यो योजनाले बचत र जीवन सुरक्षालाई एकैसाथ समेटेको कम्पनीले जनाएको छ । यस योजनामा बीमालेखको अवधि पूरा हुँदासम्म निरन्तरता दिने बीमितले थप लोयल्टी बोनस पाउनेछन् ।
योजना अनुसार बीमा अवधि पूरा हुँदा बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस र लोयल्टी बोनस एकमुष्ट भुक्तानी गरिनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा पनि नियमानुसार बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस योजनामा सहज रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिने, बीमालेख धितो राखेर कर्जा लिन सकिने र प्रचलित कानुनअनुसार कर छुट पाइने सुविधा छन् । साथै, बीमा अवधि पूरा भएपछि आकर्षक रकम प्राप्त गर्न सकिनेछ ।
१८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले यो बीमा योजना खरिद गर्न सक्नेछन् । यसको बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तोकिएको छ ।
योजनामा दुर्घटनाबाट मृत्यु भएमा थप रकम पाउने, बीमाशुल्क तिर्नु नपर्ने सुविधा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी र काजक्रिया खर्चलगायतका पूरक सुविधा पनि उपलब्ध छन् ।
योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले ग्राहकलाई दीर्घकालीन बचतसँगै जीवन सुरक्षा प्रदान गर्ने उद्देश्यले नयाँ योजना ल्याइएको बताए । उनले बीमालेखलाई निरन्तरता दिने ग्राहकलाई थप लाभ दिएर बीमाप्रति विश्वास बढाउन योजना सहयोगी हुने विश्वास व्यक्त गरे ।
कम्पनीले यस योजनाले ग्राहकको आर्थिक सुरक्षा बलियो बनाउन, जीवन बीमाको पहुँच विस्तार गर्न र बीमा क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया