उपत्यकामा चाडपर्वलक्षित सुरक्षा व्यवस्था कडा पार्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

लोकपथ
21
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले चाडपर्व लक्षित सुरक्षा योजना कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक केसीले सो निर्देशन दिएका हुन् ।

सो क्रममा चाडपर्वको समयमा उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी प्रभावकारी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न निर्देशन दिए । साथै, उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ पूर्ण व्यावसायिक एवम् परिणाममुखी कार्यसम्पादन गर्न समेत निर्देशन दिएका थिए ।

निर्देशन सम्बोधन कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुखहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, गण तथा गुल्मका प्रमुखहरू लगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?