प्रभु महालक्ष्मी लाइफको नाफा ४६ प्रतिशतले बढ्यो

लोकपथ
21
Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ४६ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ९ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ३७ लाख रुपैयाँ थियो ।

कम्पनीको आम्दानी बढेसँगै नाफामा पनि वृद्धि भएको हो । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा २ अर्ब ७५ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको कुल सम्पत्ति २५ अर्ब ७५ करोड रुपैयाँबाट बढेर २७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको दायित्व पनि १९ अर्ब ५७ करोड रुपैयाँबाट बढेर २० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ६५ हजार ४९९ वटा बीमा पोलिसी बिक्री गरेको छ । कम्पनीमा सक्रिय बीमितको संख्या ३ लाख ८३ हजार ३६४ पुगेको छ ।

कम्पनीले दीर्घकालीन क्षेत्रमा १२ अर्ब ८५ करोड ६० लाख रुपैयाँ र अल्पकालीन क्षेत्रमा ८ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको जीवन बीमा कोष पनि बढेको छ । गत वर्षको असोज मसान्तमा १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ रहेको कोष यस वर्षको सोही अवधिमा बढेर १९ अर्ब ७१ करोड २१ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ३२.८१ प्रतिशत बढी हो ।

कम्पनीको सोल्भेन्सी रेसियो १.९० गुणा, प्रतिसेयर आम्दानी ७ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, कम्पनीको पीई रेसियो ६१.३४ गुणा र प्रतिसेयर कुल सम्पत्ति मूल्य ५११ रुपैयाँ ८० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?